Sajhamanch Archive

महेन्द्रनगर युनाइटेडले अत्तरियालाई १२४ रनको लक्ष्य

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

धनगढी । धनगढी प्रिमियर लिगको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडले अत्तरियालाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ गरेका महेन्द्रनगरले सीवाइसी अत्तरिया सँगको फाइनलमा निर्धारित २० ओभर खेली एक सय २३ रनमा अलआउट भयो।

महेन्द्रनगरका लागि दिलीप नाथले ४३, कुशल मल्लले २५, रोहित कुमार पौडेलले २४ र मोहमद नाविदले १० रन बनाए।

बलिङमा अत्तरियाका दिपेन्द्रसिह ऐरी र दिपेन्द्र रावतले समान दुई, दुई तथा सन्नी पटेलले एक विकेट लिए।

महेन्द्रनगरका ५ ब्याट्सम्यान रन आउट भएका थिए। फाइनल जित्ने टोलीले ३० लाख र उपविजेताले १२ लाख रुपैयाँ नगद पाउनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *