Sajhamanch Archive

ट्रयाक्टर पल्टिँदा एक जनाकाे ज्यान गयाे

Published: in राष्ट्रिय समाचार, समाज by .

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका १६ गंगापुरमा ट्रयाक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ ।

शुक्रबारमात्र सोरुमबाट खरिद गरेर ल्याएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा हरिपुर नगरपालिका एकका २९ वर्षीय चालक राजेश महतोको ज्यान गएको हो ।

गुडिरहेको ट्रयाक्टर सडकमा पल्टिएपछि एक्कासि आगो लागेको स्थानीय बताएका छन ।

गम्भीर घाइते भएका उनको थप उपचारको लागि चितवनको भरतपुर लादै गर्दा बाटोमै ज्यान गएको हो।

परीक्षणको लागि ट्रयाक्टर चलाउने क्रममा अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *