Sajhamanch Archive

माथिल्लो चमेलियाको पिपिए गरियो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

झापा । नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनी लिमिटेडबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन् ।

प्रदेश ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यसअघि कम्पनीले ८ दशमलव ५ मेघावाट क्षमताको नौगाड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ वर्षदेखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।

अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेघावाट) वार्षिक २६ दशमलव ४१ करोड युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युतमध्ये ३३ प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ६७ प्रतिशत बर्षात महिनाहरुमा उत्पादन हुनेछ । कम्पनीले उत्पादन अनुमति प्राप्त गरी २०७६ सालबाट निर्माण सुरु गरी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जनाइएको छ ।

आयोजनामा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको बहुचर्चित चमेलिया जलविद्युत आयोजनाको विद्युत गृहभन्दा १५ किलोमिटर माथि अवस्थित छ । दुर्गम जिल्लामा निर्माण हुने सो आयोजनाको लागत प्रतिमेघावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७२० करोड लाग्ने अनुमान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *