Sajhamanch Archive

४ लाख बराबरको आर्थिक सहयोग

Published: in राष्ट्रिय समाचार, समाज by .

गुल्मी । अपांगताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको एक संस्थलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको आशा अपांग केन्द्रलाई गुल्मी जिल्ला समाज यूकेले ४ लाख रुपैयाँ सहयोग गरेको हो ।

आशा अपांग केन्द्रको कार्यालयमा बिहिवार एक कार्यक्रमका बिच समाजका बिभिन्न प्रतिनिधीले सो रकम हस्तातरण गरेका थिए ।
गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, सल्लाहाकार मोति भण्डारी, कोषाध्यक्ष तारानाथ भण्डारी, कार्यकारी सदस्य तारा भट्टराई, सदस्य बावुराम भण्डारीले आशा अपांग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको रोहवरमा ४ लाख रुपैयाँको चेक हस्तातरण गरेका हो ।

अपांगताको क्षेत्रमा खर्चिर्ने गरि लण्डनमा रहेका गुल्मेलीहरुबाट बिभिन्न कार्यक्रमहरु गरेर संकलित रकम आशालाई प्रदान गरेका हुन् ।
सहयोग रकम हस्तातरण कार्यक्रममा बोल्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बिदेशमा रहेर सामाजिक क्षेत्रमा बिभिन्न खाले पिडाहरुमा परेका ब्यक्तिहरुको सहयोगार्थ भएको सहयोगले प्रवासीले नेपालीलाई धेरै ठुलो मद्दत पु¥याएको बताएका छन् । उनले मान्छे कुनै पनि बेला अपांग बन्न सक्ने हुँदा प्रवासमा बसेर पनि जन्मभुमी प्रतिको दायित्वलाई महसुस गरेर गरेको सहयोग अत्यन्तै प्रशंसनिय
रहेको बताए ।

समाजले असाय असक्तहरु गरेको सहयोगले समाजमा अरु ब्यक्तिहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना बदाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

आर्थिक रकम हस्तातरण गर्दै समाजका गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामीले गुल्मीका जिल्लामा आशा अपांग केन्द्रले अपांगताको क्षेत्रमा गर्दै आएको योगदानले समाजले लामो समय देखि निरन्तर सहयोग पाएको बताए ।

उनले जिल्लामा हुने कुनैपनि दैबिक प्रपोक ,असाय अशक्तहरुलाई सहयोग गर्ने उदेश्यले लण्डनमा रहेका गुल्मेलीहरुले सन २००७ मा संस्था स्थापना गरेर सहयोग गर्दै आएको बताए ।

लण्डनमा रहेका गुल्मीका नेपालीहरुले जिल्लामा कुनै पनि ब्यक्तिलाई दुखःकष्ट परेमा सानो सहयोगले मलम लगाउने उदेश्यले सहयोग गर्दै आएको बताए ।

उनले गुल्मी जिल्लामा हालसम्म आशा अपांग केन्द्र सहित ४ वटा एम्बुलेन्स सहयोग गरि सकेको बताए ।

समाजको तर्फबाट जिल्लामा आगोलागी, भुकम्प, बाढी पहिरो, बिभिन्न समस्याबाट ग्रसित असाय अससक्तहरुलाई पनि सहयोग गर्दै आएको समाजले जनाएको छ ।

रकम हस्तातरण कार्यक्रममा आशा अपांग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले गुल्मी जिल्ला यूके समाजले आशा अपांग केन्द्रलाई सन २०११ देखि निरन्तर सहयोग गर्दै आएको प्रति धन्यवाद दिएकी थिइन् ।

उनले समाजले आशा अपांग केन्द्रलाई निरन्तरको सहयोगले जिल्लामा ७ हजार बढी अपांगहरुलाई बिभिन्न उपचार र सहयोग गर्न पाएको बताइन् ।

उनले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र सोंचमा केहि परिवर्तन आएपनि अपांग मैत्री वातावरण भने हुन नसकेको बताइन् ।

गुल्मी जिल्लामा स्थापना भएको आशा अपांग केन्द्रले निजि क्षेत्रको सहयोगमा राज्यले गर्नुपर्ने काम निजि क्षेत्रबाट भएकाले यस्तो सहयोग राज्यबाट हुनुपर्नेमा उपाध्यक्ष रायमाझीले बताइन्।

हालसम्म अपांग केन्द्र गुल्मीलाई गुल्मी जिल्ला समाज यूके, र नौमती बाजा समुह यूकेले पटक पटक गरि करिब ४० लाख आर्थिक सहयोग गरेको आशा अपांग केन्द्र गुल्मीका कोषाध्यक्ष ताराप्रसाद भुसालले बताए ।

कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका कार्यकारी सदस्य तारा भट्टराई, सदस्य बावुराम भण्डारीले व्यक्तिगत तर्फबाट पनि आशा अपांग केन्द्रलाई सहयोग गरेका थिए । भट्टराईले रु २० हजार र भण्डारीले ५ हजार सहयोग गरेका थिए ।

आशा अपांग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ । आशा अपांग् केन्द्रकी उपाध्यक्ष रायमाझी आफैँ दुबै खुट्टा नभएकी अपांग हुन् । उनले उक्त संस्थामा रहेर गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरेर गुल्मी जिल्लामा रहेका बिभिन्न अपांगगता भएका ब्यक्तिहरुलाई बिभिन्न तालिम लगायतका सिप मुलक कामहरु सिकाउने र जिविको पार्जनमा टेवा पु¥याउने काम गर्दै आएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *