Sajhamanch Archive

काठ काटिरहेको ठाउँबाट एक पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले सोमबार पक्राउ गरेको छ ।

वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सव डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताए। कामी कृष्णपुर ४ का बासिन्दा हुन्।

काठ काटिरहेको ठाउँबाट सालको गोलिया, आरासमेत बरामद भएको छ। “काठ काट्ने कार्यमा संलग्न अन्य छ जना वन कार्यलयको टोली देखेर भागेकाले उनीहरुको खोजी गरिरहेका छौँ”, कार्यलय प्रमुख पण्डितले भने, “काठ काट्दै गरेको सालको रुखको केही भाग गायब पारिएकाले त्यसको समेत खोजी भइरहेको छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *