Sajhamanch Archive

खुकुरी देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । खुकुरी देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर गोठालेका २१ वर्षीय बिपिन थापा र काभ्रे घर भएका २३ वर्षीय विवेक गौतम रहेका छन्। उनीहरुलाई भक्तपुर प्रहरीले मंगलबार बिहान पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी निरीक्षक शुशीलकुमार पाण्डेले जानकारी दिए। उनीहरुले भक्तपुर नगरपालिका ९ लिवालीस्थित बा ५ ख ४००६ नम्बरको बसका सहचालक दिपेश गिरी र सिन्धुपाल्चोकका प्रकाश गिरीलाई खुकुरी देखाई लुटपाट गर्न खोजेको सूचनाको आधारमा पक्राउ गरेको पाण्डेको भनाइ छ। उनीहरुको साथबाट प्रहरीले एक थान खुकुरी विभिन्न कम्पनीका नौ थान मोवाइलसमेत बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको बताएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *