Sajhamanch Archive

रोहितकुमार बने उदीयमान क्रिकेट खेलाडी

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाडौं । रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जितेका छन् ।
क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे ।
अवार्डसहित उनले ६६ हजार रुपैयाँ पाए ।
रोहितले माघ दोस्रो साता सचिन तेन्दुलकर र सहिद अफ्रिदीलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटरको कीर्तिमान बनाएका थिए ।
उनले १२ माघमा यूएईविरुद्ध ५४ रन बनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *