Sajhamanch Archive

लण्डनका तीन स्थानमा ‘पार्सल काण्ड’

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । लण्डनका बिभिन्न विमानस्थल र रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेका छन् ।
हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । प्रहरीले यी घटनाको जाँच सुरु गरेको छ । प्रहरीका अनुसार विष्फोटक सामाग्रीलाई ए फोर आकारको खामभित्र राखिएको थियो । विष्फोटक पदार्थलाई खामभित्र यसरी राखिएको थियो कि खाम खोल्नासाथ आगो लाग्ने थियो । विष्फोटक पदार्थले कसैलाई हानी भने नपुर्‍याएको प्रहरी अधिकारीहरुले बताएका छन् । विष्फोटक पदार्थले उडान र रेलको आवागमनमा पनि असर पुगेको छैन ।
लण्डनका मेयर सादिक खानले लण्डनलाई सुरक्षित बनाउन सहयोग गरेको भन्दै सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।
यसअघि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई पनि हुलाकमार्फत विष्फोटक पदार्थ पठाइएको थियो । यद्यपि उनीहरुको ठेगानामा पुग्नु अगावै प्रहरीले जफत गरेपछि सम्भावित क्षति टरेको थियो ।
तर, सीएनएन टेलिभिजन च्यानलको कार्यलयमा त्यस्तै शंकास्पद वस्तु पुगेपछि समाचार कक्ष नै खालि गराउनु परेको थियो । यसलाई ‘पार्सल काण्ड’ भनेर बुझिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *