Sajhamanch Archive

छतबाट खसेर पुजारी तिमल्सिनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यलयको छतबाट खसेर मृत्यु भएको छ ।
पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिए । उनका अनुसार मन्दिरसँगै रहेको गाउँपालिका कार्यलयको माथिल्लो तलामा पुजारीतिमल्सिना बस्दै आएका थिए। मन्दिर नजिकै आगो तापेर बसेका स्थानीयवासीले पुजारी तिमल्सिना छतबाट खसेको देखेका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। केही वर्षअघि वृद्धाश्रम सञ्चालन गरिएको उक्त भवनमा अहिले गाउँपालिकाको कार्यलय बसेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *