Sajhamanch Archive

आज ; बस दुर्घटना हुँदा २६ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सल्यान । काठमाडौंबाट रुकुम हिंडेको बस सल्यानमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३६३ बस दुर्घटना भएको हो । दुर्घटनास्थलमा उद्दारका लागि स्थानीयबासी, प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको श्रीनगरस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरका डाक्टर मानबहादुर केसीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *