Sajhamanch Archive

एक प्रहरी जवानको शव भेटियो

Published: in राष्ट्रिय समाचार by .

दमौली । ड्युटी सकेर घुम्न निस्किएका कलेस्ती अस्थायी प्रहरी चौकीका एक प्रहरी जवानको साता दिनपछि शव भेटिएको छ। उनी गत फागुन १५ गते मंगलबार ड्युटी सकेर राति घुम्न निस्किएका थिए।
प्युठान घर भएका २४ वर्षीय ठगेन्द्र घर्ती मगर बेपत्ता भएपछि खोजी थालिएको थियो। उनको शव मंगलबार हराएको भनिएको ठाउँबाट केही मिटर पर नरहमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गण कुरिनटारका गोताखोरले शव नहरबाट झिकेका थिए।

राति १० बजेतिर ड्युटी सकेर आफू बस्ने घरका घरबेटी शैलेन्द्र घिमिरेसँग मादी पारी चिन्टुटार गएका थिए। फर्कने क्रममा उनी बेपत्ता भएको सार्वजनिक भएको थियो। कलेस्तीबाट मादी तरेर जानुपर्ने चिन्टुटार जाँदा नजिकैको झोलुंगे पुलबाट तरेका मगर फर्कंदा भने मादी तरेर आएको सँगै गएका घिमिरेको बयान उद्धृत गर्दै प्रहरीले बताएको छ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घटनाको दिन राति फर्किएका घिमिरे पनि भिजेको अवस्थामा फर्किएका थिए । तर नजिकै भएको झोलुंगे पुल चढ्न छाडेर उनीहरु मादी नदी हिंडेरै तर्नुको कारणबारे भने प्रष्ट भएको छैन । जवान मगर कलेस्तीमा आएको करिब तीन महिना मात्र भएको छ।

प्रहरीले घटनाका बेला मगरसँगै गएका साथी घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। अनुसन्धान थालेका छौं,ु उनले भने,पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धान पछि घटनाबारे थाहा हुनेछ  ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *