Sajhamanch Archive

८ वर्षकी छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । प्रहरीले छोरी बलात्कारको आरेपमा एक जनालाई पक्राउ गरेको छ । ८ वर्षकी बालिका बलात्कारको आरोपमा बुबालाई पक्राउ गरेको हो । घटना गत फागुन १० गते रातिको हो । मोरङ कटहरी गाउँपालिका २ मा बस्दै आएका एक व्यक्तिले घरका सबै सदस्य छिमेकमा जन्मदिन मनाउन गएका बेला सुतिरहेकी छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । सोही दिन घटना बाहिरिएपछि भोलिपल्ट बालिकासहित परिवारका सबै सदस्य घर छाडेर भागेका थिए । उनीहरु सुनसरीको भाण्टाबारीमा आफन्तमा गएर बसेको बताइएको छ ।

घरबाट भागेका उनीहरुले भारत पुगेर बालिकाको उपचार पनि गरेको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार भागेको ९ दिनपछि घर फर्किएका बेला बालिकाका बुबा पक्राउ परेका हुन् । घटनाको विवरण ढिलो गरी जिल्ला प्रहरी कार्यलयमा पुगेको हो । ११ औं दिनमा बालिकाको घरमा सोधपुछ गर्दा शंकास्पद देखिएपछि बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख मनोज केसीले घटना शंकास्पद भएकाले बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

बालिकाको मंगलबार नै स्वास्थ्य परीक्षणकालागि पठाइएको थियो । मेडिकल रिपोर्ट आएपछि थप बिषय बाहिर आउने केसीले बताए ।

घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यलय हाटखोला मार्फत आरोपीलाई पक्राउ गरिएको केसीले बताए ।

प्रमाण नष्ट

बलात्कार जस्तो जघन्य अपराधमा प्रमाण महत्वपूर्ण मानिन्छ । तर कटहरी बलात्कार प्रकरणमा भने स्थलगत प्रमाण भने नष्ट भएको प्रहरीले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *