Sajhamanch Archive

काठमाडौंमा हल्लिएर बस्न पल्केकाले मात्र समायोजनको विरोध गरे ; मन्त्री पण्डित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फागुन महिनाभित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको पनि जानकारी दिए । बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको दाबी पनि गरे । मन्त्री पण्डितले कर्मचारी समायोजनको काम सकिने बित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा पनि गरे ।
मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्न ढिलाइ हुन गएको पनि स्पष्ट पारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *