Sajhamanch Archive

बाबुको मृत्यु भएको दुई महिना नपुग्दै छोराले गरे आत्महत्या

Published: in राष्ट्रिय समाचार, समाज by .

गुल्मी । राताडाँडाका रायमाझी परिवारमा शोक थपिएको छ।

इस्मा गाउँपालिका २ रातडाँडाका ३३ वर्षीय नीरबहादुर रायमाझी निराजनले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै ओमनमा आत्महत्या गरेका हुन्।

ओमनको राजधानी मस्कटको दारसाइटमा रहेको रेष्टुरेण्टमा कार्यरत रायमाझी आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको उनका काका राजु रायमाझीले जानकारी दिए ।

रातडाँडा बेसी घर बनाएर बसे पनि उनिहरुको पुर्खेयौली घर मुसिकोट नगरपालिका–३ पेंगा हो । दुई महिना अघिमात्र हृदयघातबाट बाबु देवबहादुर रायमाझीको मृत्यु भएको थियो।

मृतकको नीरबहादुरको शव ओमन स्थित एक अस्पतालमा रहेको बताइएको छ ।

वडाध्यक्ष कर्णध्वज जिसीका अनुसार मृतकका श्रीमती दुई छोरा, आमा, तीन दाजुभाइ र दिदी बहिनी छन्।

नेपाली दूतावासले छिट्टै शव नेपाल पठाउने तयारी गरिरहेको ओमनस्थित एनआरएनका सचिव डीबी क्षेत्रीले जानकारी दिए।

नीरबहादुर गत आठ वर्षदेखि ओमनमा कार्यरत थिए । उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *