Sajhamanch Archive

युभेन्ट्सको जितमा पूर्णविराम, जेनोआसँग अप्रत्यासित हार

Published: in खेलकुद, टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

काठमाडौं । युभेन्टसको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

इटालियन सिरी ए फुटबलअन्तर्गत आइतबार रातिको खेलमा जेनोआले जारी सिजनमा युभेन्ट्सको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएको हो ।

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो नखेलेको यो खेलमा युभेन्ट्स २–० ले पराजित भयो ।

घरेलु टोली जेनोआको जितमा स्टेफानोले ७२ औं मिनेटमा र गोरानो ८१ औँ मिनेटमा गोल गरे ।

स्टेफानो युभेन्टसका पूर्वखेलाडी हुन् ।

युभेन्टसका लागि डिबालाले प्रहार गरेको बलले जाली चुमे पनि भिएआरमा अफसाइड देखिएपछि गोलको मान्यता पाएन ।

हारपछि पनि युभेन्ट्स शीर्ष स्थानमा कायमै छ । ऊ दोस्रो स्थानको नापोलीभन्दा १८ अंकले अगाडि छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *