Sajhamanch Archive

विप्लव नेकपाका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

विप्लव समूहको नेकपाका पश्चिम नवलपरासी ईञ्चार्ज सुमन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ।

ज्ञवालीलाई सोमवार राति आफ्नै घरबाट पक्राउ गरेको पार्टी स्रोतले जानकारी दिएको छ। त्यस्तै सोमवार राति नै पूर्वी नवलपरासीबाट समेत प्रहरीले विप्लव नेकपाका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पछिल्लो समय विप्लव नेकपा समुहले अपराधिक गतिविधि सञ्चालन गरेर आतंकित बनाएको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले धमाधम विप्लव नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *