Sajhamanch Archive

कांग्रेस नेतृको आरोप ; निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाए…

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज by .

बुटवल । नेपाली काँग्रेसकी नेतृ डा. डीला संग्रौलाले निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप लगाएकी छन ।

बालुवाटार र सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण गरिएकाले प्रहरीले पन्तका हत्यारालाइ पक्राउ गर्न नसकेको उनको दाबी छ ।

बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संग्रौलाले सुरक्षा शान्ति, सुशासन र समृद्धिको मुद्दामा सरकार पूर्ण रुपमा असफल भएको दावी गरिन् ।

एउटी बालिकाको बलात्कार र बिभत्स हत्या भएको ८ महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्ने यो सरकार नालायक र भ्रष्ट सरकार हो,’ नेतृ संग्रौलाले भनिन् ।

राष्ट्रिय सुरक्षा परिषदसम्बधी बिधेयकमार्फत सरकारले संविधान उल्लघंन गर्न खोजेको र प्रधानमन्त्रीले ठूला परियोजना संचालन गर्न खोज्नुमा भ्रष्टाचारको गन्ध मिसिएको उनको भनाइ थियो ।

‘भ्रष्टाचारले प्रधानमन्त्री मन्त्रीहरु मोटाउँदै गए, जनता दुब्लाउँदै गएका छन्,’ नेता संग्रौलाले भनीन ।

राष्ट्रियताको सवालमा सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली एकै सिक्काका दुई पाटामा उभिएको उनको दाबी छ ।

उनले विप्लव नेकपालाई प्रतिबन्ध लगाएर देशलाइ मूठभेड तीर धकेल्न खोजेको आरोप पनि लगाइन ।

‘जनता शान्ति चाहान्छन । देशले द्वन्द्व थेग्न सक्दैन । सरकार र विप्लव नेतृत्वको नेकपा दुवैले यो सत्यलाई आत्मसाथ गर्नुपर्छ’ कांग्रेस नेतृ संग्रौलाले भनिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *