Sajhamanch Archive

विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । अछामको रामारोशन गाउँपालिकामा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।

मंगलबार दिउँसो गोली हानाहान भएको प्रहरीले जनाएको छ । रामारोशनमा चन्द समूहका कार्यकर्ता भएको जानकारी पाएपछि प्रहरी त्यसतर्फ लागेको थियो ।

प्रहरीका अनुसार चन्दका कार्यकर्ताले प्रहरीलाई देख्नासाथ गोली हानेका थिए । गोली हानाहानपछि केही कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *