Sajhamanch Archive

दमकमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

दमक । झापामा ट्रकको ठक्करबाट एक भारतीयको मृत्यु भएको छ ।

बुधवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ स्थित चिया बगान नजिकै ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भारत अररियाका ४७ वर्षीय सकिला मण्डल रहेका छन् ।

चिया बगान नजिकै ना ६ ख २८९३ नम्बरको मालवाहक ट्रकले साइकलमा रहेका मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हो ।

मृतक मण्डल दमकमा मजदुरीको काम गर्दै आइरहेका थिए।

ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *