Sajhamanch Archive

विप्लवसँग विभिन्न सुत्रमार्फत संवाद भइरहेको छ : योगेश भट्टराई

Published: in राजनीति, राष्ट्रिय समाचार by .

तालेजुङ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेत्रविक्रम चन्द‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि पनि समस्या समाधानका लागि छलफल र संवाद भइरहेको बताएका छन।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिहीबरा आयोजित सर्वपक्षिय बैठकमा भट्टराईले विभिन्न सुत्रका माध्यमबाट विप्लवसँगसमस्या समाधानका विषयमा छलफल र संवाद भइरहेको जानकारी दिए।

सरकारले वार्ता, संवाद र छलफलका लागि ढोका खुला राखेकाले भट्टराईले राजनीतिक तबरबाटै समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताए।

संविधानको दायराभित्र रहेर खुलेका कुनै पार्टी वा समूहलाई निगरानी गर्नुपर्ने कारण नरहेकाले उनले विप्लव नेतृत्वको पार्टीलाई नभई उसले गरेका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको बताए।

प्रतिबन्ध लगाउनुअघि पनि विप्लव समूहसँग पटकपटक वार्ता र छलफल भएको तर सहमति नभएपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उसका गतिविधिलाई प्रतिबन्ध लगाउनु परेको नेता भट्टराईले बताए।

छलफलमा जनप्रतिनिधिले प्रतिबन्धपछि स्थानीय तहमा विभिन्न चुनौती थपिएकाले चाँडै राजनीतिक तवरले समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *