Sajhamanch Archive

कपिलवस्तुबाट विप्लवनिकट शिक्षक पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

बुटवल । कपिलवस्तुमा प्रहरीले नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपाका निकट शिक्षकलाई पक्राउ गरेको छ।

नेत्र विक्रम चन्द विप्लवका निकट अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष रामनिवास चौहानलाई प्रहरीले पक्राउ गरेको हो।

कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा रहेको छत्रपाली त्रिर्थादेवी माध्यमिक विद्यालयमा एसईई परीक्षाको निरीक्षण गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट गएका प्रहरीले पक्राउ गरेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले विप्लवका कार्यकताहरु समाउन विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको बताए।

तर, शिक्षक पक्राउ गरेको घटनाबारे केही बोल्न चाहेनन्।

पक्राउ परेका चौहान कपिलवस्तुको जनता माध्यमिक विद्यालयमा बलुहवाका प्रधानाध्यापक हुन्।

यता, इलाका प्रहरी कार्यालय पकडीको टोलीले चौहानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तौलिहवामा पठाएको बताइएको छ।

सरकारले पछिल्लो समय नेकपाका नेता कार्यकर्तामाथि उच्च निगरानी बढाएको छ। यसभन्दा केहिदिन अगाडि रुपन्देहीको कञ्चन गाउँपालिकाबाट सोही संगठनका रुपन्देही जिल्ला अध्यक्ष रामजी आचार्यलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

आचार्यलाई प्रहरीले मुद्दा चलाइसकेको छ।

थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *