Sajhamanch Archive

‘मलाई युवा रहिरहनु छ’ : गगन थापा

Published: in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा अहिले अमेरिकामा छन् । उनी कुनै राजनीतिक प्रयोजनले नभएर पढ्न गएका हुन् ।

राजनीतिमा छिटोछिटो प्रगति हासिल गरेका र मन्त्री भइसकेका युवा नेताको पढ्ने भोक अझै मरेको रहेनछ ।

त्यसैले उनि यतिबेला अमेरिकाको हावर्ड विश्व विद्यालय स्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ शीषकको कोर्स गरिरहेका छन् ।

नेपाल स्थित अमेरिकी दूतावासले उनको पढाईको विषयमा औपचारिक जानकारी दिएको छ ।

दूतावासले आफ्नो फेसबुक पेजमा गगनले कक्षामा बसेर पढिरहेको फोटो हाल्दै नेपालीमै लेखेको छ, ‘हेर्नुस् त कक्षामा को छ र ? उहाँ भन्नुहुन्छ मलाई युवा रहिरहनु छ र सिकाई एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ ।

सिकाई तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसुस गरिरहेको छु । एकदम रमाइलो लागेको छ ।

गगन पहिलेदेखि नै पढाईमा अब्बल रहँदै आएका छन् ।

कलेज लाइफ देखि पूर्णकालिन राजनीतिमा लागेर पनि उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन सफल भए ।

सिद्धार्थ बनस्थली स्कुल बालाजुबाट उच्च अंकसहित एसएलसी पास गरेका गगनले त्रिचन्द्र कलेजमा आईएस्सी र बीएस्सी पास गरेका थिए ।

त्यसपछि फ्याकल्टी परिवर्तन गरेका उनले त्रिभुवन विश्व विद्यालयबाट मानवशास्त्र–समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

पीएचडी गर्ने उनको धोको भने राजनीतिले गर्दा पूरा हुन सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *