Sajhamanch Archive

पर्सामा करेन्ट लागेर युवकको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

पर्सा । पर्सामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। बुधबार बिहान पर्साको विन्दवासीनी चार अमरपट्टीका दिनेश चौरसियाको करेन्ट लागेर ज्यान गएको हो।

आफ्नै घरको विद्युत सप्लाई व्यवस्थापन गर्न प्लकमा काम गर्दै गर्दा करेन्ट लागेर करिब ३५ बर्षीय दिनेश चौरसियाको ज्यान गएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका चौरसियालाई उपचारको लागि स्थानीय वीरगन्ज हेल्थ केयर अस्पतालमा पुयाउँदा अस्पतालले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रराज मल्लले बताए।

चौरसियाले असावधानीपूर्वक काम गर्दा करेन्ट लागेको हुन सक्ने उनको भनाइ छ।

अहिले मृतक चौरसियाको शव पोष्ट मार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *