Sajhamanch Archive

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई किन बोलाए बालुवाटार ?

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको संयुक्त बैठक बसिरहेको छ ।

बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी छ ।

छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी छन् ।

केन्द्र र प्रदेश सरकारबीच मतान्तर अझै अन्त्य नभएकाले यो छलफललाई महत्वका साथ हेरिएको छ ।

बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलको क्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुलाई आवश्यक निर्देशन दिने बुझिएको छ ।

एसईई प्रश्नपत्र आउट प्रकरणमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति पनि छलफलको विषय हुन सक्ने अनुमान गरिएको छ ।

मुख्मन्त्री राउतले प्रदेश दुई सरकारको बदनाम गराउन एसईई प्रश्नपत्र आउट गरिएको अभिव्यक्ति दिएका थिए ।

एक महिना अगाडि पनि प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *