Sajhamanch Archive

बसको ठक्करबाट वृद्धको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

चितवन । बसको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख ३५०० नम्बरको बसले ठक्कर दिँदा परिचय नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

खैरहनी नगरपालिका–९ नमुना पेट्रोल पम्पअगाडि बुधवार राति साढे ७ बजे ठक्कर दिँदा पैदल हिँडिरहेका करिब ७० वर्षीय वृद्धको घट्नास्थलमै मृत्यु भएको जनाइएको छ।

वृद्ध मानसिक सन्तुलन ठीक नभएको व्यक्ति भएको प्रहरीले बताएको छ। वृद्धको शव भरतपुर अस्पतालमा राखिएको छ। ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *