Sajhamanch Archive

पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा आजपनि मौसम बदली

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । आज देशको पूर्वी भूभागहरुमा आंशिक देखि सामान्य बदली र मध्य र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन यता देशैभरी मौसम बदलीको अवस्था रहेको छ ।

आज विहीबार देशको पुर्वी र मध्य भूभागका थोरै स्थानमा तथा पश्चिमी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको पूर्वी र मध्य भू लगायत पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागहरुमा आंशिक बदली रहने माहाशाखाले जनाएको छ ।

बम बम बम
यसैगरी भोलि शुक्रबार दिउँसो देशको पूर्र्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ ।

देशको पूर्वी तथा मध्य भूभागका केही स्थान तथा पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जनाइएको छ ।

उच्च हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै भोलि राति देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ ।

देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थान तथा पश्चिमी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाको भनाई छ ।

त्यसैगरी आउँदो शनिबार दिउँसो देशका अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने तथा देशका केही स्थानहरुमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च हिमाली भूभागहरुका धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *