Sajhamanch Archive

डोल्पाका बालबालिका पाठयपुस्तकबाट वञ्चित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

डोल्पा । नयाँ शैक्षिक सत्र सूरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालवालिकाले पाठ्यपुस्तक पाएका छैनन।

तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाका ९ विद्यालयका करिब ११०० बालवालिका शैक्षिक सत्र सुरु भएको दुई महिनासम्म पनि बिना पाठ्यपुस्तक नै अध्ययन गर्न बाध्य भएका हुन्।

महादेब आधारभूत विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर अनुसार स्थानीय सरकारले समयमा पाठ्यपुस्तक खरिद गरेर ढुवानी नगर्दा वालवालिका हातहातमा नयाँ पाठ्यपुस्तक पाउनबाट वञ्चित भएको हो।

अहिले पुराना कितावबाट पठनपाठन गराइरहेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक हिराबहादुर थापाले जानकारी दिए।

पाठ्यपुस्तक ढुवानीको जिम्मा पाएका श्रवण कुमार रोकायाले किताव खरिद भइसकेको र हिमपातले अबरुद्ध भएको बाटो नखुलेपछि पाठ्यपुस्तक ढुवानीमा ढिलाइ भएको बताए।

जुम्लाबाट आउने बाटो पूरै हिउँले छोपेकाले अब केही दिनमा भित्रै किताव विद्यालयमा पुग्ने रोकायाले जानकारी दिए।

स्थानीय सरकारले गाउँपालिकामा कक्षा १ देखि ५ सम्म अंग्रेजी भाषाबाट अध्ययन गराउनु पर्ने नीति बनाए पनि नयाँ पाठ्यपुस्तक दुई महिनासम्म नपुगेको प्रधानाध्यापक हिराबहादुर थापाले बताए।

यस वर्षको हिमपातले जुम्लाको बाटो रोकिएपछि समयमा पाठ्यपुस्तक नपुगेको गाउँपालिकाको शिक्षा इकाइ हेर्ने नायव सुब्बा केशव जैशीले जानकारी दिए।

दैनिक बालवालिकाहरू पुराना तर एक विषयको किताव मात्रै बोकेर विद्यालय जाँदा पनि कसैको ध्यान जान नसकेको स्थानीय अभिभावक नन्दबहादुर लामाले बताए।

स्थानीय एजेन्टले पाठ्यपुस्तक खरिद गरी ढुवानीमा ढिलाइ गरेपछि तत्काल विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए।
तल्लो डोल्पाका झण्डै ३० प्रतिशत वालवालिकाहरू पाठ्य पुस्तकबाट वञ्चित रहेका छन।

थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *