Sajhamanch Archive

चट्याङबाट कसरी जोगिने ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपालमा चट्याङले वार्षिक ८२ जनाको ज्यान लिने गरेको पाइएको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले नेपालमा चट्याङबाट वर्षेनी ८२ जनाको ज्यान लिने गरेको जनाएको छ । केन्द्रले घरभित्र हुँदा र बाहिर हुँदा चट्याङबाट कसरी जोगिने भन्ने जनाएको छ ।

घरबाहिर हुँदा अग्लो र एक्लो रुखमा ओत नलाग्ने, पौडिने, माछा मार्नेजस्ता क्रियाकलाप नगर्ने, खुला मैदानमा नरहने, धातुको तारबारको नजिक नबस्नेलगायतका सुझाव दिएको छ । घरभित्र हुँदा विद्युतीय सामग्रीहरु प्रयोग नगर्ने, तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्नेलगायतका सुझाव दिएको छ ।

                                                 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *