Sajhamanch Archive

फोर्डको २०१९ संस्करण बिर्तामोडमा लञ्च

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । सन् २०१९ संस्करणको फोर्ड फिगो कार पूर्वी बजारमा भित्राइएको छ । झापाको बिर्तामोडमा रहेको युनाइटेड बद्रर्श एलायन्सले आज फोर्ड फिगो लञ्च गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र युनाइटेड बद्रर्श एलायन्सका प्रोपाइटर विपीन बस्नेतले घुम्टो खोलेर फोर्ड फिगो सार्वजनिक गरेका हुन् ।

आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्डको मौलिक शैली, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई सहज बनाउन परिमार्जित रुपमा नयाँ मोडल बजारमा ल्याएको हो । नयाँ संस्करणको फोर्ड फिगोको बजार मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

१२ सयभन्दा बढी सूक्ष्म तथा ठूला परिवर्तन तथा परिमार्जनका साथ आकर्षक बाहिरी र आरमदायी भित्री बनावट, सुरक्षासम्बन्धी उत्कृष्ट प्रविधि शक्तिशाली इन्जिन फोर्ड फिगोको सवारीलाई अझ बढी उत्कृष्ट र रमाइलो बनाइने विश्वास लिइएको छ ।

फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङ्गहरुमा उपलब्ध छन् । नयाँ संस्करणमा यी गुणहरुका साथै आजको आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै स्मार्ट टेक्नोलोजी तथा विशेषताहरु समावेश गरी ग्राहकवर्गलाई अझ बढी सन्तुष्टि प्रदान गर्न परिमार्जित रुपमा ल्याएकाले ग्राहकको मन जित्नेमा कम्पनीका एरिया सेल्स म्यानेजर अभिषेक भट्टराईले बताए ।

बिर्तामोडमा फोर्डको आधिकारिक बिक्रेता युनाइटेड बद्रर्श एलायन्सले २०६८ सालदेखि हालसम्म ४०० भन्दा बढी कारहरु बेचिसकेको सुनाउँदै प्रोप्राइटर बस्नेतले नयाँ मोडल ग्राहकको रोजाई बन्ने विश्वास व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *