Sajhamanch Archive

त्रिवेणी धागो उद्योगमा आगलागी, १५ करोड क्षति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

पर्सा । जितपुरसिमरा उपमहानगरपालिका–९ वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेको त्रिवेणी धागो उद्योगमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको छ।

आइतबार राति लागेको आगो सोमबार बिहान मात्र नियन्त्रणमा आएको हो।

बारा, पर्सा र रौतहटका गरी सात वटा दमकल रातिदेखि प्रयोग गरी आगो नियन्यन्त्रणमा लिइएको वीरगन्ज महानगरपालिका वारुणयन्त्रका इन्चार्ज शेरबहादुर कार्कीले जानकारी दिए।

बाराको अमलेखगञ्ज, जितपुरसिमरा, कलैया, सिम्रौनगढ, रौतहटको चन्द्रनिगाहपुर र पर्साको वीरगन्जलगायतका ठाउँबाट गएका दमकलले लामो समयपछि आगो नियन्त्रणमा लिएको हो।

उद्योगमा राती करिब १२ बजे आगो लागेको थियो। आगलागीबाट करिब १५ करोड रुपैयाँ क्षति अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी मुरारी कार्कीले बताए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक रानुराम भट्टराईले विद्युत सट उद्योगमा आगलागी भएको अनुमान गरिएको बताए। आगलागीबाट उद्योगको ब्लेडर मेसिनि २ थान, ब्लोरोम मेसिन २ थान, एमबिओ मेसिन २ थान र एमओ मेशिन २ थानका साथै अन्य सामग्री गरी कुल १५ लाखको क्षति भएको उद्योग व्यवस्थापनले दावी गरेको बाराका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *