Sajhamanch Archive

४० हजार घुससहित मालपोतका सुब्बा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित एकजना नायब सुब्बालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय, राजविराजानमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले मण्डललाई मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग्दै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डलमाथि आवश्यक अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *