Sajhamanch Archive

धमला बन्धु समाजको महाधिवेशनले केन्द्रीय नेतृत्व छान्यो

Published: in समाज by .

दमक । धमला बन्धु सेवा समाजको पहिलो राष्ट्रिय महाधिवेशनले फूलकुमार धमला विश्वकर्मालाई केन्द्रीय अध्यक्ष चयन गरेको छ । विश्वकर्मा जाति अन्तर्गत धमला थर भएका मानिसहरुको आज झापाको दमकामा सम्पन्न महाधिवेशनले फूलकुमारलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा राजु धमला बिर्तामोड, महिला उपाध्यक्षमा मिरा धमला गजमेर धरान, उपाध्यक्षमा मणिचन्द्र धमला शिवसताक्षी, महासचिवमा विमल धमला पाँचथर, सचिवमा रामबहादुर धमला र कोषध्यक्षमा भेषराज धमला विश्वकर्मा दमक सर्वसम्मत चयन भएका छन् ।

समाजको तदर्थ समितिका अध्यक्ष हरिचन्द्र धमलाको अध्यक्षतामा भएको महाधिवेशनले २१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो । सो कमिटीका सदस्यहरुमा गंगा, मोहन, अम्बिका, हर्क, राजु, लीला, दुर्गा र नगेन्द्रलगायत रहेको नवनिर्वाचित कोषाध्यक्ष तथा दमक उधोग वाणिज्य संघ कार्यसमिति सदस्य भेषराज धमलाले जानकारी दिए ।

प्रतिनिधिसभाका सदस्य विमला विश्वकर्माले पानसमा दीप प्रज्जवल गरी उद्घाटन गरेको महाधिवेशनमा बोल्दै उनले धमला बन्धुहरुले समाजको विकास गर्न एकजुट हुनुपर्ने बताइन् । सीप आर्जन र क्षमता वृद्धि गर्दै ब्यक्ति समुदायको विकास गर्न लागिपर्ने पर्ने सांसद विश्वकर्माले बताइन् ।

कार्यक्रममा विशेष अतिथि दमक उधोग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले फराकिलो सोचका साथ समाजको उन्नति, विपन्न धमला बन्धु र अन्य समुदायलाई सहयोग गर्न समाजले भूमिका खेल्नु पर्ने सुझाव दिए ।

विश्वकर्मा सेवा समाज दमक अध्यक्ष काँशी खाती विश्वकर्मा, दियाली समाज सेवा समिति प्रदेश १ का सुनिल दियाली र दलित नेता टंक विश्वकर्मालगायतले शिक्षा र सीप आर्जनसँगै भाइबन्धु बीच एकता हुनपर्नेमा जोड दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *