Sajhamanch Archive

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

जनकपुरधाम । सिरहा भएको सवारी दुर्घटनामा परी ३ जनाको घटना स्थलमै मृत्यु भएको छ।

सिरहाको लहान नगरपालिका १३ भोटियाटोल चोकनजिक पूर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वबाट पश्चिामतर्फ जाँदै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरति दिशाबाट आइरहेको स ९ प ७३७८ नम्बरको १२५ सीसीको बजाज डिस्कोभर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनै जनाको घटना स्थलमै मुत्यु भएको हो।

मृत्यु हुनेहरूमा लहान नगरपालिका ४ घर भएका २६ वर्षीय कृष्णा सहनी, सोही स्थान बस्ने २६ वर्षीय शिवकुमार सहनी र २५ वर्षीय मनोज मण्डलको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापाले जनकारी दिए।

शवलाई पोष्टमार्टमको लागि सिरहा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। ठक्कर दिएको गाडी र गाडी चालक सिन्धुपाल्चोक जिल्ला बाराबिसे नगरपालिका ७ बस्ने २९ वर्षीय ध्रुव देउजालाई इलाका प्रहरी कार्यालय धनगढीको नियन्त्रणमा पक्राउ गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *