Sajhamanch Archive

विप्लव मूलधारको राजनीतिमा नआई सुखै छैनः प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव समूहले मूलधारको राजनीतिमा नआई सुख नपाउने बताएका छन् ।

मंगलबार नेकपामा विप्लव समूहका केही नेता–कार्यकर्ता भित्र्याउँदै उनले भने, “जेजति उपलब्धि हासिल गर्नुपर्ने थियो, प्राप्त भइसक्यो । तपाईंहरूले ढिलो–छिटो जे निर्णय गर्नुभएको छ, सही गर्नुभएको छ । केही समयपछि विप्लव पनि यसैगरी आउनुपर्छ,” उनले भने ।

उनले नेपाल कम्युनिस्ट आन्दोलनमा सङ्घर्ष गरेर प्राप्त गरेको उपलब्धिमा टेकेर समाजवादतिर अघि बढ्ने स्पष्ट पारे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *