Sajhamanch Archive

ज्यान मार्ने धम्की दिनेसँग स्थानीय नेताको सम्पर्क देखिएको लिङ्देनको खुलासा

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको स्थानीय राजनीतिक नेतासँग पनि कनेक्सन देखिएको खुलासा गरेका छन् ।

एक सातादेखि अज्ञात व्यक्तिले ज्यान मार्न सुपारी लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरेर उनले राजनीतिक कनेक्सन देखिएको दाबी गरेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले घटनामा संलग्न भएको आरोपमा झापाका तिलकदास पराजुली र हुम्लाका प्रदिप रोकालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये लिङ्देनलाई धम्क्याउने तिलकदास हुन् ।

अनुसन्धान अधिकारीलाई लिङ्देनले भने, ‘अनुसन्धानका क्रममा तिलकदासले मलाई धम्क्याउन प्रयोग गरेको सीमबाट दुईरतीन वटा नम्बरमा सम्पर्क भएको देखियो । त्यसपछि एक जना मैले चिनेकै मेरै निर्वाचन क्षेत्रका राजनीतिक व्यक्ति हुन् ।’ यद्यपि, ती व्यक्ति को हुन् भन्ने बारे उनले खुलाएनन् ।

‘अनुसन्धानकै क्रममा रहेकाले त्यो चाहिँ अहिले नभनौं’, उनले भने, ‘तिलकको सम्पर्कमा भएका अर्का व्यक्ति पनि मेरो चिनजानकै व्यक्ति थिए । उनी अपराधिक क्रियाकलापमा संलग्न भएर छुटेका व्यक्ति हुन् ।’

उनीहरुलाई पहिले पक्राउ गर्दा आफूलाई त्यस्तै धम्की आएको बताएर पन्छिन सक्ने हुनाले पहिले प्रदीपलाई नै पक्राउ गरिएको उनको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *