Sajhamanch Archive

अवैध काठसहित ट्रयाक्टर बरामद

Published: in राष्ट्रिय समाचार, समाज by .

लहान । सिरहाको जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिका–६ बाट प्रहरीले मंगलबार साँझ ट्रयाक्टरसहित अवैध काठ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–६ बसबिट्टा गाउँको भित्री सडकमा चेकजाँच गर्ने क्रममा ना। ४ त ३६९८ नम्बको ट्रयाक्टरम आधिकारिक कागजात नभएको सिसौ र सिरिसको २६ थान काठसहित ट्रयाक्टर बरामद गरेको हो।

बरामद गरिएको ट्रयाक्टर र काठ कारबाहीका लागि लहानस्थित डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *