Sajhamanch Archive

नयाँ वर्षमा दराजको ‘धमाका’

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नयाँ वर्ष २०७६ को उपलक्ष्यमा दराजको धमाका क्याम्पेन हुने भएको छ । दराजले आफ्ना उपभोक्ताहरुको किनेमल रमाइलो बनाउन दराज नव वर्ष धमाका अभियान ल्याएको छ । अभियान चैत २७ देखि वैशाख ४ गतेसम्म चल्ने छ ।

नयाँ दराज एपबाट हुने ८ दिने सेल्स अभियानद्वारा उपभोक्ताले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डका सरसामानमा ६० प्रतिशत सम्मको छुटका साथै ५ हजारको मेगा भौचर, ४ हजार सम्मको क्रेजी भौचर, क्रेजी फ्ल्यास सेल्स, मिस्ट्री बक्स र अन्य उपहारहरु प्राप्त गर्न सक्ने छन् ।

उपभोक्ताले मिस्ट्री बक्स खरीद गरी लक्की ड्र मा भाग लिन पाउनेछन् । जसमा एक भाग्यशाली उपभोक्ताले ३२ इन्चको नयाँ भिडियोकन एन्ड्रोइड स्मार्ट टीभी जित्नेछन् ।

साथै नयाँ वर्षमा घुम्न रुचाउनेका लागि दराजले पोखरा, चितवन जस्ता पर्यटकीय गन्तव्यका लागि आकर्षक होलिडे प्याकेजेको व्यवस्था गरेको छ । साथै अभियान अन्तर्गत डीमार्टमा हजारभन्दा माथिको सामान अर्डर गर्दा निःशुल्क डेलिभरीको व्यवस्था गरेको छ ।

दराज नेपालका प्रबन्ध निर्देशक जय कवीले नयाँ वर्षको उपलक्ष्यमा उपभोक्तालाई रमाइलो र अनुपम किनमेलको अनुभव प्रदान गर्ने आशा लिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *