Sajhamanch Archive

मेचीनगर गोल्डकपको तयारी तिब्र

Published: (Updated: ) in विविधा by .

झापा । मेचीनगर ६ स्थित काँकरभिट्टा मावि खेलमैदानमा आयोजना हुन लागिरहेको चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकपको मिति नजीकीए संगै तयारी तिब्र रुपमा भईरहेको छ ।

खेलकुदको उर्भरभुमीका रुपमा रहेको मेचीनगरको काँकरभिट्टामा यहि बैशाख १२ गते देखी २१ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । मोफसलमा हुने गोल्डकपहरु मध्ये सफल गोल्डकपको रुपमा आफ्नो पहिचान बनाउन सफल यस गोल्डकपलाई यतिबेला मेचीनगरबासीले उत्साहाका साथ प्रतिक्षा गरिरहेका छन् ।

गोल्डकप हेर्न आउने फुटबल प्रेमी दर्शकहरुलाई ब्यवस्थित रुपमा प्रतियोगिता हेर्ने ब्यवस्था मिलाउन अहिले बासको प्यारापिट निर्माण कार्य धमाधम भईरहेको छ ।

विगतको संस्करण भन्दा पनि यसपाली व्यवस्थापनलाई अझ व्यवस्थित बनाएर प्रतियोगिता आयोजना गर्ने प्रयासमा आयोजक लागि परेको गोल्डकप आयोजक समितिका सचिव अशोक चाम्लिङ्ग राईले जानकारी दिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा सञ्चालन हुने प्रतियोगितालाई सफल बनाउन आयोजक लागि परिरहेको छ । समग्र मेचीनगरको गहनाको रुपमा हामीले यस प्रतियोगितालाई सञ्चालन गर्ने भएका छौं । उक्त प्रतियोगितालाई सफल पार्न विभिन्न संघसंस्था, व्यवसायी, सामाजिक व्यक्तित्व, सहयोगि दातालगायत संग सहकार्य गर्दै अगाडी बढीरहेको गोल्डकप आयोजक समितिका अध्यक्ष अध्यक्ष मिन बहादुर बस्नेतले बताए ।

हाम्रो खबरपाटीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *