Sajhamanch Archive

विप्लव समूहका मकवानपुर इञ्चार्ज ‘ज्वाला’ पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

हेटौंडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज वीरबहादुर घलान ज्वाला पक्राउ परेका छन्। मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले उनलाई बिहीबार राति पक्राउ गरेको पुष्टि गरेका छन्।

ज्वालासँगै अर्का एकजना पनि पक्राउ गरेको सिंहले जानकारी दिए। ज्वालालाई हेटौंडा उपमहानगरपालिका(८ फायरलाइनबाट पक्राउ गरिएको हो। सवारीसाधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित वीरबहादुर मोक्तानलाई पनि पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता सागर राणाले जानकारी दिए।

ज्वालालाई जिल्लामै राखिएको एसपी सिंहले जानकारी दिए। प्रहरीका अनुसार ज्वाला र मोक्तानलाई सशस्त्र प्रहरीले पक्राउ गरी जिल्लामा बुझाएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *