Sajhamanch Archive

इन्स्टाग्राममा प्रभासको रेकर्ड

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by .

बाहुबली फेम एक्टर प्रभास बलिउडमा इन्ट्री गर्ने तयारीमा छन्। प्रभासका लागि सन् २०१८ अहम हुने छ। किनकि सन् २०१९ मा साहो फिल्मका माध्यमबाट बलिउडमा डेब्यु गर्दैछन्।

देश विदेशमा प्रभासका फ्यान फलोइङ पनि धेरै छन्। यद्यपि उनी सामाजिक सञ्चालका प्लेटफममा भने त्यति सक्रिय छैनन्। तर अब प्रभासका फ्यानलाई खुसीको खबर छ। उनीले सामाजिक सञ्जाल इन्टाग्राममा एकाउन्ट खोलिसकेका छन्।

उनले आफ्ना फ्यानको मागलाई सम्बोधन गर्दै इन्स्टाग्राम एकाउन्ट खोलेका हुन्। उनले खोलेको एकाउन्टले पनि रेकर्ड ब्रेक गरेको छ। एकाउन्ट क्रिएटलगत्तै धेरैभन्दा धेरै फ्यान उनको एकान्टमा जिडिएका छन्। भारतीय सञ्चरा माध्यमले जनाएअनुसार इन्स्टाग्राम एकान्ट बनाएको अत्यान्त कम समयमै उनलाई ७ लाख युजरले फलो गरिसकेका छन्।

अझ रोचक कुरा त के छ भने उनले क्रियट गरेको इन्स्टाग्राम एकाउन्टमा आफ्नो तस्बिर नहाल्दै ७ लाख फ्यानले फलो गरेका हुन्। अहिलेसम्म साउथ इन्डिन कलाकारको यति तीव रूपमा फ्यान फलोइङ भएको थिएन। बाहुबलीका माध्यमाबाट संसार भर छाएका प्रभासको नयाँ फिल्म १५ अगस्त २०१९ मा रिलिज हुँदैछ।

यो एउटा एक्सन फिल्म हुनेछ जसमा विपरीत रोलमा श्रद्धा कपूर देखिने छिन्। उनीबाहेक फिल्ममा जैकी श्राफ, चन्की पाण्डे, मन्दिरा बेदी, नील नितिन मुकेशलगायतका कलाकारले अभिनय गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *