Sajhamanch Archive

ओली सरकारले काम गरेन : देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा नेतृत्वको वर्तमान सरकारले एक महिनामा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । उनले यो अवधी सम्म सरकारले ठुल ठुला आश्वासन मात्रै बांडेर जनतालाई भुल्याउने काम मात्रै गरेको बताए ।

‘वर्तमान सरकारले एउटा गतिलो काम गरेको छैन,’ मंगलवार प्रेस युनियन कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले भन्नुभयो– ‘बरु यो सरकारले संवैधानिक र अन्य निकायमा हस्तक्षेप बढाएको छ ।’

उहाँले शिक्षा, स्वास्थ्य र प्रेसमाथि हस्तक्षेप बढाएर लोकतन्त्र नै कमजोर पार्ने काम गरेको बताए।नेता देउवाले कांग्रेस कमजोर हुुदा लाकेतन्त्रमाथि नै खतरा बढेको बताए । आन्तरिक कमजोरीकै कारण कांग्रेसले पराजय भोग्नुपरेको पनि बताए । ‘हामी एकजुट भएर गए कसैले हराउन सक्दैन,’ उहाँले भन्नुभयो– ‘लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसले जित्नुपर्ने अनिवार्य छ ।’

अबको तीन/चार वर्षपछि स्थानीय तहदेखि सबै निर्वाचन हुने भएकाले कार्यकर्तालाई अहिलेदेखि नै त्यसको तयारीमा लाग्न निर्देशन दिए । जनताको घरमै पुगेर दुख सुखमा साथ दिएर पार्टी पंक्तिलाई समेत बलियो बनाएर अघि बढ्नुपर्ने उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *