Sajhamanch Archive

दुर्घटनामा महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

पोखरा । ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ । पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग१त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई उछिन्ने क्रममा अनियन्त्रित भएपछि दुर्घटना भएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *