Sajhamanch Archive

७० औं स्थापना दिवस र पार्टी एकताको टुंगो लगाउन नेकपा नेता प्रज्ञा भवनमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष भएको छ । ७० वर्षअघि अर्थात् सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।

साही अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंमा कार्यक्रममको आयोजना गरिरहेको छ। दिवसलाई भब्य रुपमा मनाउन काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रमको आयोजना गरेको हो।

यस्तै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भएर निर्माण भएको नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा पनि गर्ने तयारी गरेको छ। जस अनुसार शीर्ष नेता र कार्यकर्ता प्रज्ञा भवन पुगेका छन्।

यसअघि हिजो बसेको नेकपा सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको टुंगो लगाएको थियो। बैठकले अवको केही दिनमा पोलिटव्यूरो गठन गरी सवै केन्द्रीय सदस्यहरुको कार्यविभाजनसमेत गर्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *