Sajhamanch Archive

मोटरसाइकल दुर्घटनामा , एकको मृत्यु, दुई घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

दाङ । दाङमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी लमही नगरपालिका ७ उचानिम्वु निवासी अन्दाजी २२ बर्षीय लालु चौधरीको मृत्यु भएको छ।

आइतबार मध्यराततिर दुर्घटनामा परेका चौधरीको उपचारका क्रममा सोमबार बिहान सवा १ बजेतिर लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतक मोटरसाइकल चालक हुन् भने मोटरसाइकलको पछाडि सवार थप दुईजना गम्भीर घाइते भएका छन्।

घाइते हुनेहरुमा सोही ठाउँकै १५र१६ वर्षीय आशिष चौधरी र लमही नगरपालिका मजगाउँ निवासी १३ वर्षीय प्रकाश घर्तीमगर रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९१६७ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको रा३प ७९५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको थियो।

दुवैजना घाइतेलाई लमहीको प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *