Sajhamanch Archive

उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी पुरस्कृत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल प्रहरीले बेरुजु फर्स्योटमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरेको छ। सोमबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नौजना प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका हुन्।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा प्रहरी नायव महानिरीक्षक कमलबहादुर जिटी,प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की, मदनकुमार थापा, प्रहरी निरीक्षकहरू मातृकाप्रसाद गुरागाईं, सुमन कुमार थापा, नवराज सापकोटा तथा दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाल रहेका छन्।

पुरस्कार प्रदान गर्दै महानिरीक्षक खनाले कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट काम गरेमा संगठनको इज्जत र प्रतिष्ठा बढ्ने भन्दै अझ संगठनको कामलाई मर्यादित बनाउन आफ्नो ज्ञान, विवेक लगाई अझ बढी ऊर्जाका साथ काम गर्नुपर्ने बताए।

यस्तै, उत्कृष्ट कामको उच्च कदर हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा पनि त्रुटिरहित तरिकाले काम गर्नुपर्नेमा जोड दिएका छन्। आव २०७३र०७४ सम्म नेपाल प्रहरीमा कायम कुल बेरुजमध्ये समग्रमा ८५ ।१४ प्रतिशत बेरुजु फर्स्‍योट गरिएको र गृह मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयहरूमध्ये बेरुजु फर्स्योटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएपछि नेपाल सरकार मन्त्रीस्तर निर्णयबाट उनीहरूलाई पुरस्कृत गरिएको बताइएको छ।

यसअघि वैशाख पाँच गते गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बेरुजु फर्स्योट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएअनुरूप नगद आठ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरेका थिए।

 

थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *