Sajhamanch Archive

भारतीय प्रधानमन्त्री मोदीले हाले भोट

Published: in राजनीति, राष्ट्रिय समाचार by .

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

लोकसभा निर्वाचन अन्तर्गत उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मतकेन्द्रबाट मतदान गरेका हुन्।

मतदान गर्नुअघि उनले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरेका छन्। त्यसपछि उनी मतादान केन्द्रमा पुगेर मतदान गरे।

आशिर्वाद लिन पुगेका मोदीलाई आमाले सगुनबापत मिठाई दिएकी थिइन्। उनलाई निधारमा टिकासमेत लगाइदिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *