Sajhamanch Archive

गोलधापमा कर्णाली साकोसको सामाजिक अभियान

Published: in राष्ट्रिय समाचार, सहकारी, स्वास्थ्य by .

हल्दिबारी । बिर्तामोडमा मुख्य कार्यलयमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले वैशाख ८ गते गोलधाप बजारमा खुल्ला रक्तदान तथा सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथ्यिता हल्दिबारी गाउँपालिका वडा नं.१ का अध्यक्ष त्रिलोचन सापकोटाले गरेका थिए । रक्तदान जीवनदान, हाम्रो नारा एउटै राम्रो सफा सुघर सारा जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नगर सरसफाई गर्दै नगरबासीलाई चेतनासमेत प्रवाह गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा साकोसले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा ५१ जनाले रक्तदान गरी सहभागिता जनाएका संस्थाका विकास कोइरालाले जानकारी दिए ।

बजार आसपासका क्षेत्रमा सरसफाईलाई ध्यान दिँदै सो संस्थाले बजारी क्षेत्रमा फोहोरमैला संकलन गर्ने ५ वटा भाँडोको समेत व्यवस्थापन गरेको छ । बजार सरसफाईमा कर्णाली साकोसका सञ्चालक, सेयर सदस्य, कर्मचारीसहित गोलधाप प्रहरी चौकी, गोलधाप बजार ब्यवस्थापन समिति, विभिन्न संघ–संस्थाहरुबाट प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

बजार सरसफाई तथा रक्तदान कार्यक्रमकै अवसरमा संस्था अन्तरगत विभिन्न कार्यालय, सोवाकेन्द्रका सेयर सदस्यहरुलाई उपचार सहयोग प्रदान गरिएको सचिव भुपाल बस्नेतले जानकारी दिए ।  कार्यक्रमको सञ्चालन साकोसका विभागीय प्रमुख मनहरि निरौलाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *