Sajhamanch Archive

जीपको ठक्करबाट वृद्धाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

पाल्पा । पाल्पाको रामपुरमा जीपको ठक्करबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ। ग २ च ३०९४ नम्बरको बोलेरो जीपको ठक्करबाट रामपुर नगरपालिका–४, स्थित ईस्लामपुरमा बस्ने ७५ वर्षीय सकिना मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृषराज सापकोटाले बताएको छ।

घाइते भएकी मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो। जीपका चालक र जीप प्रहरी नियन्त्रणमा रहेको छ । रामपुरको ईस्लामपुरस्थित मुख्य सडकबाट भित्रि सडकमा जाने क्रममा सडक छेउमा उभिनुभएका मियाँलाई जीपले एक्कासी ठक्कर दिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *