सर्वाधिक राशीको भलिबल प्रतियोगिता ताप्लेजुङमा हुँदै
Published: (Updated: )
by .काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेपालकै सबैभन्दा धेरै राशीको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य एवम् सांसद योगेश भट्टराईको उपस्थितीमा आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता बारे जानकारी दिइएको हो ।
प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने टिमलाई नगद तीन लाख ५१ हजार ५०५ रुपैयाँ र उपविजेता टिमलाई नगद एक लाख ७६ हजार २५१ रुपैयाँ प्रदान गरिने छ ।
यसरी नै प्रतियोगितामा सेमीफाइनलका उपविजेता टिमहरुलाई ५० हजार रुपैयाँ नगद प्रदान गर्ने जनाइएको छ । नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ जिल्लाका बासिन्दा रही हाल काठमाडौंमा व्यवसाय गर्ने बलबहादुर तामाङ्ग, ईश्वरी पौडेल र रमेश बरालले संयुक्त रुपमा गर्ने पत्रकार सम्मेलनमा बताइयो ।
प्रतियोगिता सम्पन्न गर्न ३६ लाख ५६ हजार रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । वैशाख २२ देखि २६ गतेसम्म मैवाखोला वडा नं. ३ साँघुस्थित नारायणी माविको खेल मैदानमा सञ्चालन हुने छ ।
नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथीभरा क्लबको सहआयोजनामा प्रतियोगिता हुन लागेको संयोजक दिवस चोङवाङले जानकारी दिए।
Comments