वैशाख १३ गते ग्रीन प्यालेसमा ‘न्यू इयर सेलिब्रेसन’
Published:
by .बिर्तामोड । गएको असोज २४ गते दशैंको घटस्थापनादेखि सञ्चालनमा ल्याइएको यहाँको होटल ग्रीन प्यालेसको यही बैशाख १३ गते उद्घाटन गरिने भएको छ ।
नयाँवर्ष २०७६ को अवसरमा सांगीतिक कार्यक्रमसहित ‘न्यू इयर सेलिब्रेसन’का बीच होटलको उद्घाटन गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
होटल व्यवसायी तथा लेखक कर्ण शाक्यलाई सम्मान गर्ने कार्यक्रमसहितको ‘न्यू इयर सेलिब्रेसन’मा कलाकारहरु राज सिग्देल, डम्बर नेपाली, बाबु बोगटी, दृष्टि तामाङ र आयुष सिटौलाले आफ्ना प्रस्तुति पस्कनेछन् ।
होटलसँगै क्याटरिङ सेवाको पनि थालनी गर्न लागेको ग्रीन प्यालेसले टिपिकल नेपाली खाना र परिकार पस्कँदै आएको बताइएको छ । तीन करोड रुपैयाँ हाराहारी लगानीमा सुरु गरिएको होटल ग्रीन प्यालेसका सञ्चालकहरु अम्बिका पोखरेल, विपिन पोखरेल र अजयकुमार घिमिरे रहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित पोखरेल बन्धुहरुले होटल सुरु गरेको ७ महिनाको अवधिमा आफूहरुले चाहेजस्तै सेवा प्रवाह गर्न सक्षम भएको जनाए । भिआइपी, स्वीट र अट्याच गरी तीन किसिमका १८ वटा सयन कक्षहरु, २०० जना क्षमताको सेमिनार हल र ३५ जना क्षमताको रुफटपमार्फत् सेवाप्रवाह गरिँदै आएको सञ्चालकको भनाई छ ।
Comments